एसइइ दिएपछि फुर्सदमा रहेका विद्यार्थीलाइ नगर प्रमुख लामाको सुझाव
राप्ती । शुक्रवार वाट सकिएको एसइइ परिक्षा पछि फुर्सदिला भएका भाइवहिनीहरुलाइ राप्तीका नगर प्रमुख शमशेर लामाले सुझाव दिएका छन । नगर प्रमुख लामाले नतिजा आउनु अघि सम्मको समयलाइ कसरी सदुपयोग गर्न सकिन्छ भनेर आफ्नो सुझाव दिएका छन । भन्दै ३ महिना भाइवहिनी फुर्सदिला हुन्छन । नगर प्रमुख लामाले फुर्सदका समयमा जिवन उपयोगी तालिम लिने, आफ्नो लागी प्रयाप्त समय निकाल्ने भन्दै फुर्सदको समयलाइ सदुपयोग गर्न अनुरोध गरेका छन । उनले बिशेषगरी हाउस किपिङ , खाना पकाउने तालिम लिन सकिने भन्दै सुझाव दिएका छन । यसका अलवा ड्राइभिङ कक्षा लिने , संगितामा रुचि हुनेले वा जोकोहिले पनि कम्तिमा यौटा बाजा बजाउन सिक्नु पर्ने उनको भनाइ रहेको छ । कम्प्युटर कक्षा , भाषाका कक्षा पनि लिन सके अझ उत्कृष्ट हुने लामाको दावी रहेको छ । यसका साथसाथै ध्यान गर्ने तालिम लिदा असल जिवन जिउन सकिने उनको भनाइ रहेको छ । यो संगै नतिजा पछि के पढ्ने वा के गर्ने भन्ने बिषयमा अहिलेनै क्लियर हुनुपर्ने उनको दावी रहेको छ । पढाइमा खास रुचि भएका भाइवहिनीले विज्ञान बिषय लिएर पढ्न सकिने, डाक्टरर इन्जिनियर हुनमात्रै नभइ कक्षा १२ पछि आफ्नो रुचिको कुनै पनि बिषय लिएर पढ्न पनि बिज्ञान बिषय लिनुपर्ने उनको भनाइ रहेको छ । एसईईमा अंक राम्रो आएन अथवा मिहिनेत गर्ने बानी छैन भने आफ्नो रुचिको बिषय लिने । रुचि के हो भन्ने थाह छैन भने आफूलाई सजिलो लाग्ने बिषय लिने । खासमा कुनै पनि बिषय सजिलो लाग्नाको कारण नै त्यो बिषयमा रुचि भएर नै हो । अध्ययन राम्रो छ, मिहिनेत गर्ने बानी पनि छ तर १२ सकेपछि खर्चिला बिषय पढाउन अभिभावकको क्षमता छैन भने अहिल्यै बाट सजिलो बिषय रोजेर लोकसेवाको तयारी थाल्न सकिने उनको भनाइ रहेको छ । अभिभावक र विद्यार्थी दुबैले एक अर्कालाई दबाब र तनाब नपार्नेगरी करियरको योजना बनाउने समय भएको भन्दै एसइइ पछिको यो खालि समय सदुपयोग हुनुपर्ने प्रमुख लामाले बताए ।