आज चैते दसै
आजैको दिन मर्यादा पुरूषोत्तम श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास जिवन सकाएर अयोध्या फिर्ता हुनुभएको र रावणको असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन दुर्गा भगवतीको मद्धत लिएर रावणको वध गर्नुभएको भन्ने धार्मिक मान्यता रहेको छ । त्यसैले चैत शुक्ल अष्टमी र नवमीमा दुर्गा भगवतीको पूजा गरिन्छ ।
यो चैते दसैँ पनि असोज कात्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो। पुराना कथनहरूका अनुसार पहिले पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दसैँलाई वर्षको मध्यमा सारीएको मान्यता छ।
असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस्। असत्य भन्दा सत्यको महत्त्व जिवन्त हुन्छ र भईरहोस्। शुभकामना