आज वाट विश्व खोप सप्ताह
राप्ती । हरेक वर्ष, अप्रिल महिनाको अन्तिम हप्ता लाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछ । खोपहरूको जीवन बचाउने शक्ति लाई उजागर गर्दै वर्ष २०२४ मा खोप समुदाय र विश्वव्यापी स्वास्थ्य सेवा प्रदायकहरूले विश्व स्वास्थ्य सङ्गठनको खोप प्रवर्धनको ५० सौं वार्षिकोत्सवलाई पनि मनाउने छन् ।
यसै सन्र्दभमा राप्ती नगर प्रमुख शमशेर लामाले पालिका भित्र रहनुभएका नगरवासीलाइ छुटेको खोप पुरा गर्नको लागी अनुरोध गरेका छन । उनले खोप सप्ताहमै छुटेका खोप लगाउन अनुरोध गरेका हुन । उनले खोप सप्ताहको यो समायावधिमा छुटेका खोप लगाएर सुरक्षित रहनु पर्नेमा जोड दिए । सबै उमेरका मानिसहरूलाई रोगबाट जोगाउन भ्याक्सिनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य सँगै खोपको महत्त्व र आवश्यकतालाई आज विशेष चर्चा गरिन्छ । विश्व खोप सप्ताहको अन्तिम लक्ष्य भनेको धेरै मानिसहरू र तिनीहरूका समुदायहरूलाई खोपबाट रोक्न सकिने रोगहरूबाट सुरक्षित राख्नु हो । वर्ष २०२४ को विश्व खोप सप्ताह २४ देखि ३० अप्रिलसम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइन्छ ।