आज अर्थात २८ अप्रिल सन् २०२४ मा बिश्व श्रम संगठन आइएलओको आव्हानमा श्रम र सुरक्षा समबन्धी बिश्वभरिका साझेदारहरुको संलग्नतामा काममा सुरक्षा र स्वास्थका बिश्वव्यापी दिवस The impacts of climate change on occupational safety and health भन्ने नाराका साथ मनाइदै छ । वर्ष २०२४ चाँही जलवायू परिवर्तन र त्यसको प्रभावले कार्य वातावरणमा पार्ने प्रतिकुलताका बारेमा बिशेष चर्चा गरिँदैछ । वर्ष २०२४ को काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मा बिश्व श्रम संगठन ले बदलिरहेको मौसममा काममा सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्ने भन्ने विषयको अध्ययनको रिपोर्ट पनि सार्वजनिक गर्नेछ । यस रिपोर्टले जलवायू परिवर्तनका कारणले बिश्वभरिका कामदारमा पर्न गएको प्रतिकुल असरको डाटाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
यसले आधारभूत महासन्धि नं। १५५ र नम्बर १८७ को विभिन्न प्रावधानहरूको कार्यान्वयन स्थितिमा अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गर्न पनि पैरवी गरिँदै छ । स्मरण रहोस् सालल २०२२ को जुन महिनामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलन ले आइएलओ को आधारभूत सिद्धान्त र काममा अधिकारहरूको ढाँचामा सुरक्षित र स्वस्थ काम गर्ने वातावरणू समावेश गर्ने निर्णय गरेको थियो ।
काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको पृष्ठभूमि
काम गर्ने स्थलले एउटा छुट्टै अर्थ राख्ने गर्दछ । यो कामदारहरुको स्वास्थ्यसँग प्रत्क्षय सरोकार राख्ने विषय हो । विभिन्न सर्वेक्षण अनुसार विश्वमा प्रतिदिन ६३०० श्रमिकको मृत्यु कार्यसम्बन्धी जोखिमले हुने गर्दछ । यस हिसाबमा कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २३ लाख मान्छे मर्दछन्, जुन तथ्याकं भयानक हो । स्वास्थ्य र सुरक्षाको सम्झौताका कारण कहिले संक्रामक रोग फैलिने त कहिले कार्यस्थलमा दुर्घटना हुने जस्ता अप्रिय घटनाहरू घट्ने गर्दछन् । काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस सन् २००३ देखि सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिनको मनाउदै आएको अन्तर्राष्ट्रिय अभियान हो। यस दिवसले कार्यस्थलमा हुने व्यावसायिक दुर्घटना र रोगहरुको रोकथामको लागि सचेनता फैलाउन उल्लेखनिय भुमिका खेल्ने गरेको छ ।
किन मनाइन्छ काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ?
सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घण्टाको एक तिहाइ समय हो । १० मा ८ दशमलव ८ अकं ल्याउने गरी विश्वभरिका कामदारको कार्य वातावरणमा सुधार गर्ने सन् २०३० सम्मको सहश्राव्दी लक्ष्य रहेको छ । कामदारहरुले ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ ।
सुरक्षित र स्वस्थ कार्यस्थलले कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने मात्र होइन, यसले चोटपटक र बिमारीको दर कम गर्न, कामदारहरुको अनुपस्थिती र काम नै छाडेर जाने अवस्था हटाउन, उत्पादकत्व र गुणस्तर बढाउन र कर्मचारीको मनोबल बढाउन सक्छ। अर्को शब्दमा, काममा सुरक्षा ब्यवसायका लागि राम्रो हुन्छ किनभने श्रमीकहरु बिना कुनै पनि ब्यवसायको भिवष्य छैन ।