नयाँ बर्षमा क्यालेण्डर सहित स्टेशनरी वितरण लालपर्सा । वीरगंज महानगरपालिका वडा नं ३० का जननिर्वाचित वडा अध्यक्ष मनोज कुमार यादव अहिले नियमित शैक्षिक सुधारमा लागि परेका छन । वडा अध्यक्ष यादव आफ्नो वडामा कसरी गुणस्तरिय शिक्षाको विकास गर्न सकिन्छ भनेर नियमित विद्यालयमा अनुगमन तथा त्यसको व्यवस्थापनमा लागि परेका छन । बैशाख २ वाट सुरु भएको भनाए अभियानमा समेत उनि सक्रिय भएर लागि परे । उनले कोहि विद्यालय जान वाट छुटेकी भनेर घरघर पुगे । वडा मातहतका विद्यालयका शिक्षक र कर्मचारीलाइ टोलटोल गएर विद्यार्थी भर्ना सुरु भएको बिषयमा सचेत गराउन निर्देशन दिए । आफु पनि नियमित अभिभावक र अगुवासंग सम्र्पकमा रहे । उनले भर्ना अभियानमा कोहि पनि नछुटुन भनेर वडा कार्यालय र विद्यालयलाइ बराबरी समय दिएका हुन । आइतवार वडाकै नेपाल राष्ट्रिय माविका विद्यार्थीलाई नया भर्नासंगै स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ । उनले स्टेशनरीसंगै टि सर्ट समेत वितरण गरेका छन । वडा कार्यालयको विनियोजित बजेट वाट कापी,कलम,क्यालेन्डर ,टि–सर्ट वितरण गरिएको अध्यक्ष यादवले बताए ।