सहकारी ठगीको छानविनमा गृहमन्त्रीले सघाउनु पर्छ : नेता चौधरी वीरगंज । एकिकृत समाजवादीका नेता मनोज चौधरीले सहकारी ठगीको बिषयमा गृहमन्त्री रवि लामिछाने तर्किन नमिल्ने बताए । उनले आफ्नो बचाउको लागी मिडियामा दिइएको अभिव्यक्ति सकरात्मक नभएको भन्दै राजिनामा दिएर अनुसन्धानमा सघाउ गर्नुपर्ने ठोकुवा गरे । गृहमन्त्रीको छवि यसअघि पनि राम्रो नभएको भन्दै ऋण लिएकोको बिषयमा आफुलाइ थाहा छैन भन्ने अभिव्यक्ति दिनु गलत भएको उनले बताए । नेता चौधरीले सरकारमा रहेर उनले हजारौ जनताको बचत हिनामिना हुदा पनि चुप लागेको बताए । सत्ताको लोभमा गृहमन्त्री रहनु भएको भन्दै तत्काल अनुसन्धानमा सघाउनु पर्ने उनले बताए । आफुलाइ बचाउन सरकारमा रहेको भन्दै जिवि राइको लाइ पक्रन समेत उनले चेतावनी दिए । उनले आफैले जिवि राइलाइ पक्राउ गर्नमा बाधा थापेको भन्दै जनताको बचत दुरुपयोग गर्न नमिल्ने बताए । देशको राजनैतिक अस्थिरता वाट सवैभन्दा बढी गृहमन्त्रीको फाइदा लिएको भन्दै यसलाइ रोक्नु पर्नेमा उनले जोड दिए । रा स्व पाले पव्लिक स्टनको लागी मात्र काम गरेको र गरेका निर्णयले दिगो रुप नलिने उनले ठोकुवा गरे । दोहोरो नागरिकता र राहदानी समेत उनको नाम यसअघि जोडिएको थियो । उनले जनताको भावनालाइ क्षणिक रुपमा आर्कषण गरेर अन्याय गरेको नेता चौधरीले बताए ।