नगद सहित ७ किसान सम्मानित – ६ वटा समुहलाइ हाते ट्याक्टर
कृषिमुखि बजेट बनाउछु : नगर प्रमुख लामा
राप्ती । राप्ती नगरपालिकाका ७ किसानलाइ नगद सहित सम्मान गरिएको छ । शनिवार उद्धार स्वंयम सेवक आवद्ध सामाजिक स.स्था नेपालको सहयोगमा ७ जनालाइ नगद तथा ६ वटा समुहलाइ प्रविधि हस्तान्तरण गरिएको हो । कार्यक्रममा राप्ती नगर प्रमुख शमशेर लामाले किसानमुखि सरकार भएको र यसका लागी आवश्यक पहल सुरु भएको बताए । किसानले जे जे चाहेका छन , सवै पुरा गर्न नसके पनि त्यसको लागी आवश्यक पहल सुरु भएको प्रमुख लामाले बताए । लामाका अनुसार किसान दाजुभाइसंग छलफल गरौ,अनुभव साटसाट गरौ भन्ने उदेश्यले कार्यक्रम राखिएको बताए । उनका अनुसार राप्तीका किसानलाइ प्रविधि मैत्री बनाउने उद्देश्य रहेको भन्दै अगाडी बढ्ने बताए । कृषि पेशामा रहनु भएका जनतालाइ अझ दिगो योजना सार्वजनिक गदै जाने प्रमुख लामाले बताए । अहिलेको अवस्थामा राप्तीलाइ आत्मनिर्भर बनाउनको लागी कृषिको विकल्प नरहेको उनले बताए । राप्तीमा कृषि क्षेत्रमानै लागि परेका किसान सम्मानित भएको भन्दै खुशि व्यक्त गरे । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले आफुले वडामा समेत कृषकमुखि बजेट ल्याएको र यसलाइ निरन्तरता दिने बताइन । वडा नं ७ को कृषकको मुहारमा खुशि ल्याउनको लागी आफु लाग्ने प्रतिवद्धता जाहेर गरिन । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले वडा नं १०,११ ,१२ विकट भन्दै दया गर्नुभन्दा त्यहाको स्थानीय चिजलाइ बजारीकरणको आवश्यक पहल गर्नुपर्ने बताए । पहाडको उत्पादनलाइ बजारीकरणको लागी हामीले कृषि एम्वुलेन्स समेत ल्याएको उनले बताए ।
कार्यक्रममा नगद ५ हजार रुपैया सहित राप्ती १ वाट कौशला गोम्वा,कल्पना राइ,वडा नं २ वाट सागर चाम्लिङ , बुद्धिलाल श्रेष्ठ, वडा नं ४ वाट संगिता भट्टराइ, वडा नं ९ वाट विवेक दवाढी र वडा नं १२ वाट सुनिता प्रजा सम्मानित भएका हुन । प्रविधि अनुदान अन्र्तगत भने रापती ११वाट जिम्लिङ समुह, मर्ताल समुह,चैथली समुह, वडा नं १२ वाट यौरालीटार समुह र वडा नं १३ वाट वासवाङ समुह र गुन्दि समुहलाइ हस्तान्तरण गरिएको छ । कार्यक्रममा सल्भ नेपालको परियोजना प्रमुख मोहन गौतमले स्वागत मन्तव्य राखेका थिए । कृषी विज्ञ प्रमेश पोखरेलले सहजीकरण गरेका थिए ।