राप्ती । राप्तीमा पोलियो विरुद्ध ‘आइपिभी’ खोप अभियान जेठ १६ गते वाट सुरु हुने भएको छ । राप्ती नगर प्रमुख शमशेर लामाले लक्षित समुहका वालवालिकाले यो खोप छुटाउन नहुने भन्दै अनिवार्य लगाउन हुनको लागी अनुरोध गरेका छन । मेयर लामाले खोप स्वास्थ्यका लागी अति आवश्यक रहेको यो बिषयमा सचेत रहनु पर्ने बताए । राप्ती नगरपालिकाको सवै स्वास्थ्य केन्द्र र विद्यालयमा खोप लगाउन पाइने बताए । सो दिन खोप लगाउनलाइ सहज हुने पोशाक लगाएर विद्यालय पठाउन समेत नगर प्रमुखले अभिभावकलाइ अनुरोध गरेका छन । प्रमुख लामाले २०७३ बैशाख १ गते देखि २०७५ असोज मसान्त सम्म जन्मिएका बालबालिकाले खोप सेवा लिनुपर्ने उनले बताए । ”१३ वटै वडा अन्र्तगतका स्वास्थ्य केन्द्र तथा विद्यालयमा खोप अभियान सञ्चालनमा आउने प्रमुख लामाले बताए । नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका छौँ”, अभियान अवधिमा खोप अभाव नहुने प्रमुख लामाले भने । विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको हो । नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको हो । राप्तीका ३ हजार ८ सय ५३ जना बालबालिकालाइ खोप लगाउने तयारी भएको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए ।