राप्ती । राप्तीका मेयर शमशेर लामाले शहिद परिवारलाइ रोजगार सिर्जनाको लागी शिप मुलक तालिमको व्यवस्थापन गर्ने बताएका छन । जनतासंग मेयर कार्यक्रम अन्र्तगत शहिद परिवारलाइ सम्मान गर्ने कार्यक्रम अन्र्तगत उनले शहिद परिवारलाइ आय आर्जनको बाटो तर्फ लाग्नको लागी प्रेरित गरिने उनले बताए । केहि शहिद परिवारलाइ रोजगार र आय आर्जनको लागी व्यवस्थापन भएता पनि सवैमा बराबरी पहुच नपुगेको भन्दै मेयर लामाले आगामी दिनमा यस बिषयमा ध्यान दिएर बजेट तयार पारिने बताए । उनले शहिद परिवारका लागी आय आर्जनको तालिम तथा रोजगार सिर्जनाको लागी नगरपालिका सकरात्मक रहेको उनले बताए । घरघरमा सम्मान कार्यक्रम लिएर मेयर आफै पुग्दा शहिद परिवारले रोजगार र आयआर्जनको लागी आवश्यक पहल दिन माग गरेका थिए । अधिकांशको घरको मुलिनै शहिद भएपछि परिवारको विचल्ली भएको भन्दै रोजगार सिर्जना भए सजिलो हुने बताए । धेरै परिवारमा आम्दानीको श्रोत कमि भएको र व्यवहार चलाउन समेत गाह्रो भएको भन्दै शहिद परिवारले रोजगार सिर्जना गरिदिन अनुरोध गरेका थिए । सम्मान ग्रहण गदै शहिद परिवारले आफुहरुले अभिभावक गुमाए पनि स्थानीय सरकारले यो सम्मान दिएर अभिभाकत्व प्रस्तुत गरेकोमा खुशि व्यक्त गरे । मेयर लामाले घरघर पुगेर राप्तीका शहिद परिवारलाइ सम्मान गरेका हुन । उनले खादा र कदर पत्र प्रदान गदै शहिद परिवारको त्याग र सर्मपणको स्मरण गरेका थिए । २०८१ को गणतन्त्र दिवसको अवसरमा राप्ती नगरपालिकाले शहिद परिवारलाइ सम्मान गरेको हो । राप्तीमा २० शहिद परिवार र २ बेपत्ता परिवार रहेका छन ।