राप्ती । लोथर नारायणगढ चल्ने सार्वजनिक यातायात विच वाटो वाट फर्कन नपाउने भएको छ । बुधवार राप्ती नगरपालिकाका मेयर शमशेर लामाले यातायात व्यवसायीलाइ छलफलमा बोलाएर असार १ गते वाट अन्तिम गन्तव्य सम्म नियमित आवात जावत गर्नुपर्ने कुरामा जोड दिदै नियम भन्दा बाहिर गए कारवाहि गरिने बताए । उनले पहिलो गल्तीमा १ दिन सवारी चलाउन नपाउने, दोस्रो गल्तिमा ३ दिन र तेस्रो पटक पनि विच वाटो बाटै फर्किएमा ५ दिन सम्म सवारी चलाउन नदिने उनले बताए । चौथ्यो पटक वाट गल्ति गरेको पाएमा कारवाहिको दायरा बढ्ने बताए ।
सार्वजनिक यातायातले सामाजिक उत्तर दायित्वमा हेल्चेक्राइ गरेको भन्दै यातायात व्यवसायीलाइ सो कुरामा समेत ध्यानाकर्षण भएको थियो । मेयर लामाले विद्यार्थी छुट, ज्येष्ठ नागरिकलाइ छुट र आरक्षणका सिटको व्यवस्थापनमा ध्यान दिन समेत उनले निर्देशन दिएका छन । अहिले बजारमा पुराना मोडलका सवारी साधन चलेको भन्दै पुराना गाडी र मापदण्ड भन्दा बाहिरका गाडीलाइ कम गर्नुपर्ने बताए । सार्वजनिक यातायातमा जनताले दुख पाएको गुनासो आएपछि राप्तीका मेयर शमशेर लामाले चासो दिएका हुन । नारायणगढ देखि लोथर सम्मको यात्रामा जनताले दुख पाएको यातायात चालक र सह चालकले अव्यवहारिक व्यवहार देखाएको भन्दै गुनासो गरेका हुन । जनतासंग मेयर कार्यक्रम अन्र्तगत यातायात व्यवसायी र सुरक्षा निकायसंग मेयर लामाले छलफल गरेका हुन ।
लोथर नारायणगढ चल्ने ५ वटा सार्वजनिक यातायातका समितीको सहभागिता रहेको थियो । अन्र्तक्रियामा चितवन छहारी समितिका अध्यक्ष बद्रि प्रसाद पौडेलले गन्तव्य सम्म नपुग्ने यातायात र चालकलाइ कारवाहि गर्ने प्रतिवद्धता गरे । उनले अहिलेको सिन्डकेट कम हुनुपर्ने कुरामा समेत जोड दिए । सार्वजनिक ओमशान्ती समितीका तर्फ वाट नारायण राइले म्याजिकको र मिनि वसको दुवैको बसपार्क हुनुपर्ने कुरामा जोड दिए । भतरपुर महानगर समितिका महासचिव कृष्ण लामिछानेले जनतालाइ सहज सेवा प्रदान गर्नुपर्ने कुरामा जोड दिए । अर्का सहभागि खेम बहादुर आलेले गन्तव्य सम्म नपुग्ने चालकको लागी विभागिय कारवाहि हुने र यस विषयमा समिति पनि सचेत रहने उनले बताए । जनता आफै पनि जागरुक भएर जहा समस्या पर्छ त्यहि नै रहेका प्रशासन वा समितिलाइ आफ्नो कुरा राख्न अनुरोध गरे ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट भण्डाराका प्रमुख बिमल भण्डारीले नियममा रहेर जनताको सेवामा लाग्नु पर्ने प्रतिष्पर्धामा नहिड्न अनुरोध गरे । सामान्य समस्या आउदा समाधान गर्न समेत गाह्रो हुने गरी प्रतिष्पर्धा गर्न नहुने उनको भनाइ रहेको छ । इलाका प्रहरी कार्यालय भण्डारा प्रमुख भरतराज गिरीले स्पिडमा सवारी चलाउन नहुने भन्दै सचेत रहन अनुरोध गरे । विद्यालय समय , अन्य व्यस्त हुने समयमा मुख्य राजमार्गमा समेत सवारीको गति बढी हुन नहुने उनको भनाइ रहेको थियो ।
राप्तीका जनताले सडक दुर्घटना तथा यात्रीलाइ दुखेसो बढेको भन्दै यसलाइ कम गर्न समेत अनुरोध गरेका हुन ।