जनतासंग मेयर
विकासको लागी बजेट जसरी पनि व्यवस्थापन हुन्छ : मेयर लामा
राप्ती । राप्ती वडा नं १ को सिद्धि विनायक मन्दिरको स्तरउन्नतीको लागी स्थानीयहरु सहमत भएका छन । वडा नं १ पिप्ले वाट परेवाकोट तर्फ जाने वाटोमा रहेको सिद्धि विनायक मन्दिरमा भएको जनतासंग मेयर कार्यक्रममा मेयर लामाले मन्दिरलाइ व्यवस्थित गर्ने प्रतिवद्धता जाहेर गरेका हुन । स्थानीय पार्वती उप्रेतीले मन्दिरको मर्मत सम्भार देखि त्यसको स्तरउन्नतीको आवश्यक पहल गर्न अनुरोध गरेकी थिइन । उनले नगर वाट बजेट बिनियोजन गरेको १५ लाख र वडा वाट आउने भनेको १ लाख ५० हजार रुपैया वाट मन्दिरको स्तरउन्नती देखि लिएर त्यसको कम्पाउण्ड समेत गर्नुपर्ने बताइन । यस्तै स्थानीय समाजसेवी तथा नेकपा एमाले राप्ती नगर कमिटी वडा नं १ अध्यक्ष मनोज शर्मा प्रविनले मन्दिरको छेउमै रहेको विभिन्न क्षेत्रलाइ व्यस्थित गर्नुपर्ने र यसका लागी आवश्यक पहल हुनुपर्ने उनको भनाइ रहेको थियो । मन्दिरको काम रोकिएको कारण सवैभन्दा त्यसतर्फ चासो राख्नुपर्ने उनले बताए । राप्ती नगरपालिकाकै सुन्दर पर्यटकिय क्षेत्र परेवाकोटको मुख्यद्धारमा रहेको सो मन्दिरले आन्तारिक पर्यटकलाइ आर्कषण गर्ने उनको भनाइ रहेको थियो । मेयर लामाले अहिलेनै काम गर्नुपर्ने बताए । यसअघि तयार भएको फाइल र कागजी प्रकृया भित्र सुनिएको छ । अव यसलाइ कसरी हुन्छ व्यवस्थित गर्ने गरी काम गर्नको लागी उनले निर्देशन दिए । मन्दिरलाइ सवैभन्दा पहिले सरसफाइ गर्नुपर्ने र नगरले व्यवस्थापन गरेको बजेट वाट आवश्यक कार्य सम्पादन गर्नुपर्ने उनको भनाइ रहेको छ । अहिले बजारमा आए जस्तो एउटा बजेट अर्काे तर्फ भएको भन्ने बिषयमा ध्यान नदिन उनले आग्रह गरे । प्राथमिकता हेरी बजेट बनाइएको हुन्छ । यसकारण बजेट यताउति हुने सम्भावना न्युन हुने उनको भनाइ छ । लामो समय देखि राप्तीमा काग्रेस एमालेका जनप्रतिनिधिले तालावन्दि गरेपछि कयौ योजनाको फाइल थुनिएको र कार्य सम्पादनमा गाह्रो भएको लामाले बताए । वडा नं १ का अध्यक्ष सिद्धिलाल स्याङ्गतानले वडाको बजेट कतै प्रयोग नभएको भन्दै मन्दिरमा आवश्यक मर्मतको लागी प्रयोग गर्नुपर्ने बताए । उनले वडाको गरिमा र धार्मिक आस्था बोकेको मन्दिरको स्तरउन्नतीमा आफुहरु पनि लागि पर्ने बताए । राप्ती नगरपालिकाको आर्थिक सहयोगमा नेपाल व्युटि प्याराडाइज प्रा.लिले जनतासंग मेयर कार्यक्रम तयार पारेको हो ।