राप्ती । स्थानीय तहमा श्रमस्वीकृतीको सुविधा भएपछि राप्ती नगरपालिकामा आएर सेवा लिनेको संख्यामा वृद्धि भएको छ । राप्ती नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको शाखामा आएर हाल सम्म ३ सय ५९ जनाले यो सेवा लिएको मेयर शमशेर लामाले बताए । नगरको प्रधानमन्त्री रोजगार कार्यक्रममा आएर सेवा लिन सकिने मेयर लामाले बताए । अहिले सम्म ३ सय ५९ जनाले सेवा लिएका छन । जसमा १५ जना महिला रहेका छन भने वाकि ३ सय ४४ जना पुरुषको संख्या रहेको छ । राप्ती नगरपालिकामा यो बर्ष सवैभन्दा बढी वडा नं ६ का जनताले सेवा लिएका छन । वडा नं ६ वाट ६८ जनाले सेवा लिएका हुन । सवैभन्दा कम सेवा वडा नं १२ र १३ का जनताले लिएका छन । वडा नं १२ र १३ वाट १÷१ जनाले सेवा लिइका छन । अधिंकाश सेवा लिनेहरु भने रोजगारीको लागी युएइको लागी श्रमस्वीकृत लिएका छन । युएइको लागी सवैभन्दा बढी अर्थात १ सय ६ जनाले श्रमस्वीकृत लिएका छन । सवैभन्दा कम अर्थात टर्कि, मकाउ, इराक, इजरायल जस्ता देशका १÷१ का दरले श्रम स्वीकृत लिएका छन । मेयर लामाका अनुसार राप्तीका पहाडी क्षेत्रका जनताले बैदेशिक रोजगार भन्दा पनि गाउमै सिपमुलक कार्यक्रममा सहभागि भए अनुदानको व्यवस्था गर्ने बताए । उनले विदेश गएर आफ्नो उर्भर समय सक्काउनु भन्दा देशमै केहि गरेमा आवश्यक समन्वय गर्ने उनको भनाइ रहेको छ । उनका अनुसार राप्तीमा पहाडी क्षेत्रका जनताले अहिले उत्पादनशिल काम गरिरहेको बताए र वडागत वाटनै अनुदानको सुविधा रहेको र नगरले पनि आवश्यक समन्वय गरेपछि अहिले पहाडी क्षेत्रका जनताले कृषिमा रुचि देखाइरहेको मेयर लामाले बताए । अहिले धन्दै एक क्वीन्टल भन्दा बढी कफिको विउ उर्मानको लागी पहाडका युवा लागी परेका छन । उसोत आफै काठमाडौ सम्म गएर श्रम स्वीकृती लिनेको सख्या समेत बढको उनले बताए । तर पनि पहाडी क्षेत्रमा कृषिमा अनुदान रहेको भन्दै युवाहरु खुशि रहेको उनको भनाइ रहेको छ । यसका साथै राप्तीका पहाडी क्षेत्रमा रहेको युवाहरु प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत काम गरिरहेका छन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत हाल सम्म २ सय १३ जनाले रोजगारी प्राप्त गरेका छन ।