चितवनकाे राप्तीबाट लागुऔषध गाँजा, मोटरसाईकल सहित २ जना नियन्त्रणमा ।मिति २०८१।०३।०३ गते अं. १३:०० बजेको समयमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरी चेकिङ टोलिले जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. ११ डुम्रेखाडी स्थित सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा थाकलटार हुदै भण्डारा तर्फ आउदै गरेको ना. ५९ प. ९९०८ नम्बरको मोटरसाईकललाई रोकि चेकजाँच गर्दा उक्त मो.सा. चालक जिल्ला नवलपरासी (ब.सु.पु.) गैडाकोट न.पा. वडा न. ०५ कांग्रेसचोक बस्ने बर्ष २४ को शुसिल पुन र सोहि मोटरसाईकलमा सवार जिल्ला चितवन रत्ननगर न.पा. वडा नं. ११ सिदार्थचोक बस्ने बर्ष २४ को मनोज गुरुङले झोलामा लुकाई छिपाई ल्याएको ४ (चार) किलो ८०० (आठ सय) ग्राम प्रतिवन्धित लागू औषध गाँजा फेला परेको हुँदा निजहरुलाई उक्त लागुऔषध गाँजा, मोटरसाईकल सहित नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भईरहेको ।