राप्ती । सामाजिक सुरक्षा भत्ता लिइरहनु भएका वृद्ध आमावुवाको लागि लक्षित गरी राप्ती नगरपालिकाले राष्ट्रि।य परिचय पत्र बनाउन सुरु गरेको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता लिनुहुने लाभग्राहीहरुले आफ्नो वडा कार्यालयमा सम्र्पक गरेर राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने मेयर शमशेर लामाले बताए । मेयर लामाका अनुसार श्रावण १ गते देखी राष्ट्रिय परिचय पत्रको आधारमा मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको हुदा यो अवसर वाट कोहि पनि छुट्न नहुने उनको भनाइ रहेको छ । राप्तीका १३ वटै वडामा तालिा अनुसार टोलि पुग्नेछ । वडाको जनप्रतिनिधि सग समन्वय गरी राष्ट्रि परिचय पत्र बनाउनु पर्ने उनले बताए । शनिवार पनि टोलिले काम गर्ने हुदा तालिका अनुसार वडा कार्यालयमा जान अनुरोध गरेका हुन । राष्ट्रिय परिचय पत्र बनाउन नागरिकता, बसाइसराइ दर्ता र मृत्य दर्ता लगायतका कागजपत्र सक्कलै लिइ उपस्थित हुनुपर्ने उनले बताए । असार ८ गते सम्म राप्ती नगरपालिकामै ५ र ६ का वडावासी ,९ र १० गते वडा नं १३ को कार्यालय कालिटार, ११ र १२ गते वडा नं १२ को कार्यालय यौरालीटार, ३ ् १४ गते वडा नं ११ को कार्यालय आपपानी,१५ र १६ गते वडा नं १० को कार्यालय शमिटार ,१७ र १८ गते वडा नं ९ को कार्यालय पानीसराढाप , १९र २० गते वडा नं ८ को कार्यालय खुरखुरे,२१र २२ गते वडा नं ७ को कार्यालय वीरेन्द्रनगर , २३ र २४ गते वडा नं १ को कार्यालय पिप्ले, २५ र २६ गते वडा नं २ को कार्यालय गड्यौली, २७ र २८ गते वडा नं ३ को कार्यालय,झुरझुरे २९ र ३० गते वडा नं ४ को कार्यालय डडुवा मा टोलि खटिने उनले बताए । असार ३१ र साउन १ गते भने छुटफुट हुनु भएकाहरुको लागी पुन नगरपालिकामै टोलिले सेवा दिने मेयर लामाको भनाइ रहेको छ ।