पृष्ठभूमि
शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ । संयुक्त राष्ट्र सङ्घले अरू मानिस झैँ शरणार्थी मानिसहरू रहेको र उनीहरूले आफ्नो बसोबासमा सामान्य रूपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवीयता, सहअस्तित्व, विविधता र शरणार्थीहरू प्रति खुल्ला हृदयहरूको आवश्यकता छ भन्ने विश्वास राखेको छ ।
तिनीहरू जोसुकै भए पनि भाग्न बाध्य मानिसहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ। जो कोहीले सुरक्षा खोज्न सक्छ, चाहे तिनीहरू को हुन् वा तिनीहरूले के धर्ममा विश्वास गर्छन् भन्ने तथ्यभन्दा बाहिर रहेर सुरक्षा खोज्नु मानव अधिकार हो।
उनीहरू जहाँबाट आए पनि भाग्न बाध्य मानिसहरूलाई स्वागत गर्नुपर्छ। जोखिमबाट जोगिन विमान, डुङ्गा, वा पैदल यात्रा गरेर नै शरणार्थीहरू विश्वभरबाट आउँछन्। उनीहरूले सुरक्षा खोज्ने अधिकार सार्वभौमिक रहन्छ ।
जब मानिसहरू भाग्न बाध्य हुन्छन्, तिनीहरूको सुरक्षाको अधिकार छ। जस्तोसुकै खतरा ( युद्ध, हिंसा, उत्पीडन ( सबै जना सुरक्षाको योग्य छन्। सबैलाई सुरक्षित हुने अधिकार छ।विश्व शरणार्थी दिवस उनीहरूको लागि सहानुभूति र समझदारी निर्माण गर्ने र उनीहरूको जीवन पुनर्निर्माणमा मान्यता दिने अवसर हो।
वर्ष २०२४ को शरणार्थी दिवसको नारा
वर्ष २०२४ को शरणार्थी दिवसको नारा चाँही solidarity with refugees हो । शरणार्थीहरुको सुरक्षा, जीवनको गुणस्तर र समावेशीताका लागि यस नाराले पैरवी गरेको छ ।सुरक्षा भन्नाले शरणार्थीहरूको निम्न अधिकारलाई मानिन्छ ।
शरण पाउने अधिकार
सुरक्षित पहुँच
बिना कुनै अवरोध
कुनै भेदभाव बिना
र मानवीय व्यवहार
यस विश्वमा हरेक ११३ मान्छे मध्य १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याकं छ तसर्थ यस विषयलाई हामी सबैले ध्यान दिन जरुरी छ है । विश्वबन्धुत्व र वसुदैव कुटुम्बकम को धारणा विश्वका हरेक देशमा आओस् अनि युद्ध र प्राकृतिक प्रकोप कम होस् जसले गर्दा शरणार्थी समस्या आफै समाधान हुनेछ ।
आज के के गरिन्छ?
प्रत्येक वर्ष, विश्व शरणार्थी दिवस शरणार्थीहरूको समर्थनमा विश्वका धेरै देशहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । यी गतिविधिहरूको नेतृत्व शरणार्थीहरू, सरकारी अधिकारीहरू, होस्ट समुदायहरू, कम्पनीहरू, सेलिब्रेटीहरू, स्कुलका बालबालिकाहरू र आम जनता अनि समग्र नागरिक समुदायहरू बिचमा हुन्छन्।