राप्ती नगरपालिका वडा नं १० का स्थानीय जनताले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नियमित काम गर्दा जोखिम मोल्नु परेको भन्दै सुरक्षाको माग गरेका छन । विहिवार जनतासंग मेयर कार्यक्रम अन्र्तगत स्थानीयसंगको छलफलमा मेयर लामासंग स्थानीयले सडक विस्तार गर्दा जोखिम मोलेर काम गर्नुपरेको बताए । वडा नं १० का नया सडक विस्तारमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगारीमा लागेका युवा तथा उपभोक्ता समितिले मेयर लामासंग नियमित रोजगार सिर्जनाको माग गरेका हुन । नियमित रोजगार भएमा आफुहरु कोहि पनि भोक भोकै बस्न नपर्ने भन्दै यसको विकल्प खोजि दिन मेयर लामासंग स्थानीयले माग गरेका हुन । स्थानीय बादल चेपाङ्गले आफुहरुले बाटो खन्दा धेरै जोखिम ब्यहोर्न परेको र यसका लागी आवश्यक सहजीरकण गरिदिन उनले अनुरोध गरे । उनले दैनिक ज्यालादारीमा काम गर्दा आफूहरुले ज्यान कहिले गुमाउनु पर्ने हो यस बिषयमा सरोकारवालाहरुले ध्यान राख्नुपर्ने उनको भनाइ रहेको छ । उनले एक पटक बजेट परेपछि त्यतिकै रोकिएको भन्दै नियमित बजेट व्यवस्थापन गर्नुपर्ने बताए । अर्का सहभागि बनमाया चेपाङ्गले मेयर लामाले पहाडको लागी गर्नुभएको काम र प्रयास प्रशंसा गर्न लायक भएको भन्दै खुशि व्यक्त गरिन । उनले रोजगार सिर्जना गदै युवालाइ रोजगारी प्रदान गरेकोमा खुशि व्यक्त गरिन । यो नियमित हुनुपर्छ । हामी नियमित काम गर्छाे उनले भनिन । तर नियमित काम नपाउदा बेरोजगारीले युवा गाउमा नटिकेको उनले बताए । कार्यक्रममा पुर्व वडा अध्यक्ष अमर बहादुर तामाङ्गले रोजगार सिर्जनामा स्थानीय सरकारको भुमिका हुनुपर्ने बताए ।उनका अनुसार यो सिजन बजेट बनाउने भएको भन्दै यस बिषयमा स्थानीय सरकारलाइ सुझाव दिन आग्रह गरे । वडा अध्यक्ष तेज बहादुर तामाङ्गले सडक विस्तारमा स्थानीय आफैले रोजगार पाइरहेको भन्दै अव नियमित रोजगारको सिर्जनामा आफुहरु लाग्ने बताए । मेयर साव यहि हुनुहुन्छ, आवश्यक पहल गरिदिनु पर्छ भन्दै आवश्यक समन्वयको लागी उनले अनुरोध गरे । जवाफमा मेयर लामाले स्थानीयलाइ दिगो आम्दानीको लागी आवश्यक प्रयत्न गरिने बताए । वडाका युवा वडामानै स्वरोजगार हुनुपर्ने मेयर लामाले बताए । किसानले नियमित आम्दानीको लागी आफ्नो योजना लिएर नगर आउनु भयो भने यहि बजेटमा माग समावेश गरिदिने प्रतिवद्धता जाहेर गरे । मेयर लामाका अनुसार कृषिका कुनै माग र योजना लिएर आउनु भएको खण्डमा आफुले आवश्यक पहल र अनुदानको व्यवस्था गरिदिने बताए । उनले कुनै पनि कृषिको दिगो योजना लिएर आउनुहोस नगरपालिका तपाइहरुको साथमा रहेको छ । मेयर लामाका अनुसार जोखिम पुर्ण कामको लागी आफैले सचेतना अपनाउनु पर्ने, आवश्यक सुरक्षा सहयोग सरोकारवालाले गर्ने कुरामा सम्वन्धित निकायलाइ ध्यानाकर्षण गराउने प्रतिवद्धता जाहेर गरे । मेयर लामाले अवका दिनमा कृषि पेशालाइ व्यवस्थित गर्ने र त्यसलाइ बैज्ञानिक रुपमा अगाडी गराउन आवश्यक पहल गर्ने मेयर लामाले बताए । राप्ती नगरपालिकाको लागी नेपाल व्युटि प्याराडाइज प्रा.लिको सहयोगमा कार्यक्रम तयार पारिएको हो । जनताको गुनासो सुन्ने र समाधानको लागी कार्यक्रम निर्मा०ा गरिएको मेयर लामाले बताए ।