शुक्रबार एक कार्यक्रमका बिच प्रोटोन एजुकेशन कन्सल्टेन्सीको उद्घाटन भएको छ । राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राज कुमार कंडेलले रिवन काटी प्रोटोन एजुकेशन कन्सल्टेन्सीको उद्घाटन गरेका हुन् । विभिन्न देशहरु पढ्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रोटोनले आफ्नो सेवा भण्डारामा सुरु गरेको हो । उद्घाटन समारोहमा नया विद्यार्थीहरु भर्ना हुदा २०-५० प्रतिशत सम्म हातै खाली नजाने कन्सल्टेन्सी शुल्कमा छुट दिने प्रोटोनका डाईरेक्टर दिनेश बिसुन्केले बताए । कन्सल्टेन्सिका एक्ज्युकेटिभ डिरेक्टर प्रेम कार्कीले विद्यार्थीहरुले चाहेको देशमा पढ्न, कमाउन र भविष्य बनाउनको लागि प्रोटोन एक भरपर्दो र विश्वासिलो बिकल्प हुने बताए । कार्यक्रममा जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, युवा व्यबसायी, समाजसेवी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।