राप्ती । एसईईमा उर्तिण विद्यार्थी भाइवहिनीहरुलाइ राप्तीका मेयर शमशेर लामाले बधाइ दिएका छन । विहिवार प्रकाशित नतिजामा उर्तिण भएकालाइ बधाइ सहित शुभकामना दिएका हुन । नतिजा साचे जस्तो नभए नआतिनको लागी पनि अनुरोध गरेका छन । अहिले सफलता नमिलेको जस्तो हुन सक्छ तर आगामी दिन अवश्य राम्रो दिन आउने उनले बताए । विहिवार एक विज्ञप्ती निकाल्दै मेयर लामाले राप्ती नगरपालिकाले वार्षिक रुपमा नगरभरी वाट प्रथम हुने विद्यार्थीलाइ नगद सहित सम्मान कार्यक्रमले निरन्तरता पाउने बताए । विहिवार राप्ती नगरपालिकाले निकालेको विज्ञप्ती यस्तो रहेको छ । यस बर्षको माध्यमिक शिक्षा परिक्षा ( एसईई )परिक्षामा सहभागि भइ आफ्नो क्षमता, आफ्नो मेहिनतको कारण राप्ती नगरपालिका लगायत देशैभरीका विद्यार्थी भाइवहिनीहरुले जुन स्थान हासिल गर्नुभएको छ । उहाहरुलाइ हार्दिक बधाई व्यक्त गर्न चाहान्छु । यसका अलवा नेपाल प्रथम हुनुहुने र राप्ती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालय अन्र्तगतका नगर प्रथम हुन सफल बिद्यार्थी भाइवहिनीहरुलाइ हार्दिक बधाई सहित यहाको उज्वल भविश्यको कामना गर्दछु । स्थानीय सरकारको नेतृत्व गरिरहेको , स्थानीय सरकारलाइ युवामैत्री बनाउने उद्देश्य लिएको कारण राप्ती वाटनै एसईई परिक्षा उर्तिण हुनु भएका भाइवहिनीहरुले कक्षा ११ र १२ यहि रहेका विद्यालयमा अध्ययन गर्न अनुरोध गर्दछु । नगरपालिकाले गएको बर्ष देखि कक्षा १२ सम्म अनिवार्य निशुल्क शिक्षाको अभियान ल्याएको छ । राप्ती नगरपालिकाले नगरभित्रका विद्यालय वाट एसईई परिक्षामा सवैभन्दा बढी जिपिए ल्याउनु हुने छात्र र छात्रालाइ हरेक बर्ष सम्मान गदै आइरहेको छ । यो अभियान यस बर्ष पनि अझ पृथक किसिमले निरन्तर हुने प्रतिवद्धता व्यक्त गर्दछु । यो अभियानलाइ सफल बनाउन यहाहरुको साथ सहयोगको अपेक्षा सहित हाम्रा विद्यालयले दिने गुणस्तरिय शिक्षामा हाम्रो उत्तिकै भुमिका रहन्छ । यसको लागी आवश्यक प्रयास रहने प्रतिवद्धता जाहेर गर्दछौ । एसईई परिक्षा पछिको अध्ययन समय र बिषय छनोटमा यहाहरुको निर्णय प्रभावकारी हुने विश्वास व्यक्त गदै यस बर्षको एसईई परिक्षामा उर्तिण सम्पुर्ण विद्यार्थी भाइवहिनीहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु । साथै परिक्षाको नतिजा सोचे जस्तो नआएको भए , वा लागेका नैराश्यता नहुन सम्पुर्ण विद्यार्थी र अभिभावकहरुमा हार्दिक अनुरोध गर्दछु ।