योगिनी एकादशी व्रत
यो तीनै लोकमा प्रसिद्ध तथा समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य भएको एकादशी योगिनी एकादशी हो ।
योगिनी एकादशी कहिले पर्दछ ?
योगिनी एकादशी हरेक वर्ष असार मासको कृष्णपक्षमा पर्दछ ।
यस एकादशीमा के के गरिन्छ ?
यस दिन व्रत बसेर भगवान् नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफूल , नैवेद, आदि चढाउनु हो । धूप दिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता छ । दशमीको दिनबाटै जौ, गहुँ वा मुँगीको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्त शुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि सङ्कल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।
योगिनी एकादशी व्रत कथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेम माली नामक मालीले फूल ल्याउने गर्दथे । एक दिन हेम मालीले राजालाई दैनिक पूजाको पूmल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरूलाई हेम मालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान् शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेम मालीलाई स्त्रीको वियोग अनि मृत्यु लोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेम माली त्यसै बेला मृत्यु लोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेम मालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्यु लोकमा आएर हिमालय पर्वततर्फm सुस्तरी जान्छन् र एक जना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेम मालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेम माली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यस व्रत कथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मैमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ ।फलको आस नगरौँ ।
खेलकुद पत्रकारिता भनेको के हो ?
खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा हो। सन् १८०० बाट यसको सुरुवात भएको पाइन्छ र त्यसपछि सबै खेल सम्बन्धित समाचार र घटनाहरू क्रमश खेल पत्रकारहरुले कभर गरेको इतिहास छ । पत्रकारिताको यस स्वरूप र यसमा संलग्न व्यक्तिहरूलाई मनाउन हरेक वर्ष विश्व खेलकुद पत्रकार दिवस मनाइन्छ।
अहिले आएर डिजिटल युगमा खेलकुद पत्रकारिताको गति र माग निकै बढेको छ । यस्ता प्रतिस्पर्धात्मक समाचारहरू कभर गर्न ठूलो सीप र विशेषज्ञता चाहिन्छ। विश्व खेलकुद पत्रकार दिवस खेलकुद पत्रकारहरुलाई सम्मान गर्न र उनीहरुको कडा परिश्रमको कदर गर्ने पहल हो।
विश्व खेलकुद पत्रकार दिवस हरेक वर्ष जुलाई २ मा मनाइन्छ।
आजको यस दिवसलाई अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको रूपमा पनि चिनिन्छ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउन सन् १९९४ मा यो विशेष दिवस सिर्जना गरेको थियो। खेलकुद पत्रकारिता को विकास सन् १८०० को समय बाट नै सुरु भएको थियो यद्यपि त्यस समयमा खेलकुद पत्रकारिता केवल कुलीन खेलहरूमा मात्र केन्द्रित थियो र खेल घटनाहरूको सामाजिक सन्दर्भ केवल रिपोर्टिङमा बढी केन्द्रित थियो। प्रारम्भमा, रिपोर्टिङ मुख्यतया घोडा दौड र बक्सिङ जस्ता कुलीन खेलहरूमा केन्द्रित थियो र मुख्यतया उच्च वर्गमा मात्र लक्षित थियो किनभने समाचार पत्रहरू जनताको पहुँचभन्दा बाहिर थिए। क्रमशः समाचार र सञ्चारको पहुँच सर्वसाधारणमा बढ्दै जान थालेपछि सन् १९२० पछि मात्र यो पेसाले विस्तारित आकार लिन थालेको पाइन्छ ।
पहिलो विश्व खेलकुद पत्रकार दिवसको सम्झना
सन् १९९४ मा, अन्तर्राष्ट्रिय खेलकुद प्रेस सङ्घ (A.I.P.S.) ले आफ्नो ७० औँ वार्षिकोत्सवको सम्मानमा पहिलो पटक विश्व खेलकुद पत्रकार दिवस मनाएको थियो। त्यस वर्ष पेरिस, फ्रान्समा L’Association Internationale de la Presse Sportive को रूपमा स्थापना भएको अन्तर्राष्ट्रिय खेलकुद प्रेस सङ्घको मुख्यालय आजका दिनमा स्विट्जरल्याण्डको लुसनमा छ जुन ठाउँलाई विश्वमा ओलम्पिक राजधानी भनेर पनि चिनिन्छ ।
नेपालमा पनि त्रिपुरेश्वर काठमाडौँमा कार्यालय भएको नेपाल खेलकुद पत्रकार सङ्घको स्थापना भएको छ । नेपालका खेलकुद पत्रकारहरूको छाता सङ्गठनका रूपमा नेपाल खेलकुद पत्रकार सङ्घले विभिन्न कार्यक्रम, पैरवी अनि दिवसहरू खेलकुद पत्रकारहरूको अर्थपूर्ण सहभागितामा मनाउँदै आएको छ ।