मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । परीक्षा र पढाईमा राम्रै सफलता मिल्ला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन् । स्वास्थ्य संवेदनशील रहने देखिन्छ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रनसक्छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । सेयरबजारबाट पनि लाभ मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।