संसद्का दुई ठूला दल मिलेर गठन गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दुईतिहाइको विश्वासको मत प्राप्त गरेको छ। संविधान संशोधन गर्ने वाचा गरेका प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १८८ जनाले विश्वासको मत दिएका हुन्। प्रतिनिधिसभाको दुईतिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन आवश्यक थियो। उनको विपक्षमा ७४ मत पर्यो। आइतवारको संसद् बैठकमा २६३ जना सांसद् उपस्थित भएका थिए।