काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको छ।
विमानमा सवार १९ जनामध्ये १५ जनाको शव निकालिएको र बाँकी चार जना अस्पतालमा रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। यो पनि:
त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना, प्रत्यक्षदर्शी भन्छन्- ‘तीन जनाको शव देखियो’
मर्मतको लागि पोखरा जान लागेको थियो सौर्य एयरको जहाज
यी हुन् सौर्य एयरलाइन्सको जहाजमा सवार १९ जना (नामसहित)
उनका अनुसार उद्धार गरिएका चार जनामध्ये तीन जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ भने पाइलट एक जनालाई केएमसी अस्पताल पुर्याइएको छ।
मर्मतका लागि पोखरा जान लागेको जहाजका सबै १९ कर्मचारी नै सौर्य एयरलाइन्सका थिए।
प्रहरीले शवहरू संकलन गरेर शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै छ।