काठमाडाैँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाकाृ मृत्यु भएको छ । दुर्घटनापछि खोज तथा उद्धारमा जुटेको नेपाल नागरिक उड्यायन प्राधिकरणले विमान चालकबाहेक बाँकी १८ जना जहाजमा सवार यात्रुहरुको मृत्यु भएको पुष्टी गरेको हो ।
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।