वीरगञ्ज। नेकपा एकीकृत समाजवादीले शनिबार आफ्नो केन्द्रिय समितिमा पर्साबाट थप दुई जना सदस्य नियुक्त गरेको छ। नयाँ २ सय ५१ सदस्यीय केन्द्रिय समितिमा पर्साबाट बालगोपाल थापा र मनोज चौधरी चयन भएका छन्। थापा पार्टीका पर्सा जिल्ला अध्यक्ष तथा चौधरी वीरगञ्ज महानगर अध्यक्ष हुन्।
यसअघि, काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनले पर्साका अन्य ३ जना नेता – नागेन्द्र चौधरी, रामचन्द्र साह, र चिरन्जिवी अचार्यलाई ९३ सदस्यीय केन्द्रिय समितिमा समावेश गरेको थियो। हालको ३४४ सदस्यीय केन्द्रिय समितिमा पर्साबाट ५ जना सदस्य नियुक्त भएका छन्।
यो निर्णयले पर्सामा पार्टीको प्रतिनिधित्वलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।