वीरगंज । नेपाली वैज्ञानिक महावीर पुनको आत्मकथामा आधारित पुस्तक खरिद गरी पुनको अभियानमा सहयोग गर्नुपर्ने कुरामा नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य एवंम नेता मनोज चौधरिले जोड दिए । वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो जीवनीमा आधारित पुस्तक बिक्रीबाट सहयोग सङ्कलनका अभियान सञ्चालन गर्दै आउनुभएका पुनको अभियानमा सरकारले राज्यस्तर वाटनै सहयोग गर्नुपर्ने बताएका हुन । पुस्तक बिक्री गरी आर्थिक सङ्कलनको लागि देशव्यापी अभियानका क्रममा पुन अहिले वीरगंज आइपुग्नुभएका छन । वैज्ञानिक पुनले सरकारले काम लगाएर भुक्तानी नदिए पनि आफैले कृषि औजार कारखाना सञ्चालनको तयारी गरेको भन्दै भुक्तानी नदिएका कारण पुस्तक बिक्री अभियान सुरु गर्न बाध्यभएको बताएका छन । कारखाना पूर्ण क्षमतामा आउँदा आयात हुने कृषि औजार प्रतिस्थापनमा सहयोग पुग्ने भन्दै देशभर पुस्तक बिक्री अभियानका क्रममा उनी देशभरिनै किताव विक्रि अभियानमा लागि परेका छन । पुनको अभियानमा सरकारले आवश्यक सहयोग गर्नुपर्छ चौधरीले भने, अहिले ३ तहकै सरकारले बेलैमा ध्यान दिएर मधेश प्रदेशकै गरिमाको बिषयमा सचेत रहनु पर्ने बताए ।